
काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको केन्द्रीय विभागको सङ्ख्या ४८ बाट बढाएर ७० पुर्याउन प्रस्ताव गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमा विधानमा रहेको वाहेक थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका हुन्।
महामन्त्री थापाले पार्टीको विधानमा रहेको ४८ वटा विभागवाहेक थप २२ वटा विभागको नाम प्रस्ताव गरेका हुन्। यस्ता विभागमा ५१ जना भन्दा बढी सदस्य राख्न नहुने, विभागको बैठक कम्तीमा दुई महिनामा एक पटक बस्नु पर्ने, कम्तीमा १५ प्रतिशत सदस्य युवा हुनु पर्ने, पार्टी, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको पदाधिकारी हुन नहुने जस्ता प्रावधान राख्न प्रस्ताव गरिएको छ।
जसअनुसार न्याय तथा मानवअधिकार विभाग, नविनतम प्रविधि र नवप्रवद्र्धन समन्वय विभाग, सामाजिक सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशिलता र साना तथा मझौला व्यवसायी विकास विभाग रहेका छन्।
महामन्त्री थापाले विपद् व्यवस्थापन विभाग, उर्जा तथा जलश्रोत विभाग, युवा तथा किशोर किशोरी विभाग, भूतपूर्व प्रहरी विभाग, नागरिक सम्वन्ध तथा समस्या संवोधन समन्वय विभाग, व्यवसायिक सीप विकास समन्वय विभाग, अनौपचारिक क्षेत्रका श्रमिक समन्वय विभाग, सामाजिक संघ संस्था समन्वय विभाग थप्न प्रस्ताव गरेका छन् ।
महामन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा मुक्त समुदाय पुनस्र्थापन समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग, धर्म संस्कृति समन्वय विभाग, पूर्वआप्रवासी समन्वय विभाग र नेपाली डायस्पोरा विज्ञ समन्वय विभाग राख्न भनिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...