प्रतिपक्षीहरु अधैर्य, अपरिपक्व र आक्रमक छन् – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेसको दृष्टिकोण संघीय संसदप्रति

प्रतिपक्षीहरु अधैर्य, अपरिपक्व र आक्रमक छन्

काठमाडौं। नेपाली कांग्रेसले संघीय संसदमा रहेका प्रतिपक्षी दलहरुको भूमिका अधैर्य, अपरिपक्व र आक्रमक रहेको बताएको छ।

नेपाली कांग्रेसको मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संघीय संसदमा कांग्रेसको भूमिका र गतिविधिका विषयमा जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले यस्तो टिप्पणी गरेका हुन्।

प्रमुख सचेतक लेखकले सरकार निर्माण हुँदाको एउटा दलिय गठबन्धन पछि गएर परिवर्तन हुँदा विपक्षी दल आक्रमक भएको हुनसक्ने बताए । लेखकले यस्तो टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति गरेका हुन्।

कांग्रेस केन्द्रिय सदस्य लेखकले प्रतिपक्षी दलहरु सरकारले कुनै कमजोरी गरेमा कांग्रेसलाई जिम्मेवार ठान्ने गरेको र अलिकति पनि कमजोरी भएमा धैर्यता नराख्ने गरेको बताए ।

उनले संसदीय अभ्यासमा भर्खरै मात्र प्रवेश गरेका दलहरुको प्रस्तुत अपरिवपक्व रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिएरै टिप्पणी गरे ।

लेखकले संघीय संसदका समितिहरुको सभापति चयन हुन नसकेको, कांग्रेस संसदीय दल कार्यसमिति गठन नभएको, संक्रमणकालिन न्याय र सम्पति शुद्धिकरणसम्वन्धी विधेयकहरु सदनबाट पारित गर्नु पर्ने टड्कारो आवश्यकता रहेको जनाए। उनले कांग्रेस संसदीय दलका सदस्यहरुको उपस्थिति सदनमा कम हुने गरेको भन्दै गुनासो गरे ।

उनले भने, ‘सदनमा पेश भएका कतिपय प्रस्तावहरु निर्णयार्थ प्रस्तुत हुँदा कोरम नपुग्ने, ह्वीप जारी गर्दा समेत सांसदहरु उपस्थित नहुने समस्या भएकाले आगामी दिनमा हाउस चलेका बेला सदनमै बस्नु पर्छ।’
नेता लेखकले चालु वर्खे अधिवेशनमा प्रतिनिधि सभाका २९ वटा बैठक बसेको जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २, १७: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २, १७: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २, १७: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...