
इनरुवा। सुनसरीको बराह क्षेत्रस्थित सप्तकोशी किनारमा बोलाएर युवतीमाथि निर्घात कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ युवतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरको भुजेलटोलकी १९ वर्षीया प्रीति लिम्बु, बराहक्षेत्र नगरपालिका–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई र सोही ठाउँकी २२ वर्षीया बिनिता उराउ छन्।
उनीहरुमध्ये लिम्बुलाई घटना भएकै दिन पक्राउ गरिएको थियो भने राई र उराउ फरार थिए। उनीहरुलाई पनि पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।
असार २९ गते बेलुका ७ बजेतिर बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित चिहान डाँडाको कोशी किनारमा राजाबासकी १९ वर्षीया मनिषा राईसहित तीन जनाले आफूहरुको बेइजत गरेको भन्दै उनीहरुलाई बोलाएर उनीहरु कुटपिट गरेका थिए।
तीन जनालाई पक्राउ गरे पनि पाँच जनाको समूहले कुटपिट गरेको थियो। वाँकी दुई युवतिको खोजि भइरहेको प्रहरीले जनाएको छ।
पाँच जनाको समूहले तीन जनालाई पालैपालो कुटपिट गर्दै भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत उनीहरुले सार्वजनिक गरेका थिए। कुटपिटबाट घाईते भएका तीन जनाले असार ३१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएका थिए।
जाहेरी आएकी दिन प्रहरीले लिम्बूलाई पक्राउ गरेको थियो। बाँकी चार जना फरार थिए। उनीहरुमध्ये थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घाईते युवतिको अनुहार र शरिरका अन्यभागमा घाउ चोट लागेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...