प्रदेश संरचनालाई उपेक्षा गरियो: प्रदेश सभापति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

प्रदेश संरचनालाई उपेक्षा गरियो: प्रदेश सभापति

काठमाडौं। नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले आफूहरुको भूमिकालाई पार्टी केन्द्रीय कार्यसमितिले उपेक्षा गरेको गुनासो गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बोल्दै लुम्विनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश संरचनालाई कमजोर बनाउँदा संघीयतालाई नै कमजोर बनाएको भन्दै तीन तहका सरकारको परिकल्पना गरेर संविधान र पार्टी विधान बनाए पनि पार्टी केन्द्रले सोही बमोजिम काम नगरेको बताए।

उनले भने ‘संविधानको मर्म र भावना बमोजिम पार्टी विधान बन्यो तर तलको अधिकार खोस्ने काम भएको छ। केन्द्रले सिधै पालिकासँग सम्पर्क गर्ने केन्द्रीकृत संरचना बनाउने काम गरेको छ। पार्टीले कारबाही गरेका, स्थानीय र प्रदेशले कारबाही गरेकालाई तरुण दल, महिला संघ र नेविसंघ अनि विभागमा नियुक्त गर्ने हो भने प्रदेश संरचनाको के काम?’

उनले नेतासँग सिधै सम्वन्ध राखेकै आधारमा नियुक्त गर्ने हो भने प्रदेशको संरचना हटाउनु पर्ने माग गरे।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जिल्ला सभापति भेलामा समेत प्रदेश सभापतिलाई सूचना पनि नदिएर उपेक्षा गरेको गुनासो गरे ।

उनले भने ‘केन्द्रीय सभापतिले प्रदेश सभापतिलाई सिधै सम्पर्क गर्ने काम गरियोस्। प्रदेशका सभापतिको यो बैठकमा हैसियत आमन्त्रित मात्र छ। हामीलाई जति धेरै कमजोर बनाइयो, संगठन त्यति नै कमजोर बन्ने देखिन्छ। एकै पटक जिल्ला र गाउँमा जाने तर प्रदेशलाई थाहै नदिने? यसले कांग्रेसलाई कमजोर बनाउँछ।

कर्णाली प्रदेश सभापति जीवनबहादुर शाहीले रुकुममा अहिले पनि पार्टीको प्रतिनिधि राख्न पाउँदैनौं भन्दै सल्यान र जाजरकोटमा स्थिति त्यस्तै रहेको, माओबादीको आधार भूमि भएकाले संगठन गर्न निकै चुनौति रहेको बताए।

उनले भने ‘आज कांग्रेस प्रदेश सभामा र स्थानीय तहमा पहिलो पार्टी भएको छ। संघीय संसदमा रहेको व्यक्ति प्रदेशमा जान्छु भन्ने म नै होला। अघिल्लो पटक म एक्लैले जितेको थिएँ, आज पहिलो पार्टी भएका छौं। भित्र एउटा बोल्ने, वाहिर अर्को बोल्ने गर्नु भएन। पार्टी अनुशासनमा चल्ने भएकालेले विधि र विधान बमोजिम पार्टी अघि बढोस।’

मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले भ्रातृ संस्था गठन गर्दा सदस्यहरु चयन गर्दा जिल्ला र प्रदेश सभापतिलाई थाहै नदिई कांग्रेसको बिरुद्ध भोट माग्नेलाई मनोनयन गरिएको गुनासो गरे ।
उनले भने, ‘नेविसंघ आज कहाँ छ? हामीलाई थाहा छैन? प्रदेश संरचना किन गठन गरियो? जिम्मेवारीविहीन बनाउनु छ भने हामीलाई जिल्लामै बस्न दिनुस। प्रदेशलाई बाईपास गरिएको छ । अनलाईन सिस्टमबाट सदस्यता बाँड्दा यसले खतरा उत्पन्न गर्छ। कांग्रेसलाई घात गर्न सक्छ।’

सुदूरपश्चिम प्रदेशका सभपाति बीरबहादुर बलायरले भने ‘भ्रातृ संस्थाको गठन गर्ने जिम्मा प्रदेशलाई दिनुस्। केन्द्रलाई दिएर हुँदन। अनुशासनको खाँचो छ, कांग्रेसमा। अनुसासनविहिनताले हामी कहीँ कतै जान सक्दैनौ।’

उनले पार्टी सभापति र पदाधिकारीले संघीय र प्रदेश सरकारको अनुगमन गर्नु पर्ने भन्दै गठबन्धन दलभित्रको जो सुकै किन नहोस, अपारदर्शी हुनु हुँदैन। हाम्रो सरकार भएको अनुभू ितगर्न पाएका छैंन । मन्त्री भएकाहरुले हामीलाई हेर्ने र गर्ने दृष्टिकोण राम्रो छैन । हाम्रा कारणले उहाँहरु मन्त्री भएको महसुस हुनु पर्यो भन्ने सुझाव दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ३, १९: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ३, १९: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ३, १९: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...