ब्रेक सुसहितको सुन १५५ केजी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
एयरपोर्ट सुन तस्करी प्रकरण

ब्रेक सुसहितको सुन १५५ केजी

काठमाडौं। राजस्व अनुसन्धान विभागले भन्सार कार्यालय अन्तराष्ट्रिय विमानस्थलको गेटमा बरामद गरेको सुनसहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेको छ।

राष्ट्रबैंकले ब्रेक सुसहितको सुन जोख्दा कूल एक सय ५५ किलो भएको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए।

‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको र तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ स्रोतले भन्यो। अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ। ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ स्रोतले भन्यो।

राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजादै गर्दा आन्तरीक राजस्व विभागको टोलीले सुनसहित ट्याक्सी पनि नियन्त्रणमा लिएको थियो।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ४, १६: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० श्रावण ४, १६: ५५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ४, १६: ५५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...