डा. शेखरलाई पार्टीको बरिष्ठ नेता बनाउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

डा. शेखरलाई पार्टीको बरिष्ठ नेता बनाउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरिएको छ।

पार्टी केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले परम्परा कायम गरी कोइरालालाई वरिष्ठ नेता बनाए प्रभावकारी हुने भन्दै यस्तो प्रस्ताव राखेका हुन्। उनले भने ‘हाम्रा वरिष्ठ नेता राष्ट्रपति हुनुभयो। अहिले त्यो पद रिक्त छ। वरिष्ठ नेतामा डा शेखर कोइरालाई त्यसमा राख्न सके अझै बल पुग्छ। पार्टीमा समन्वय हुन्छ।

बैठकमा पार्टी केन्द्रीय सदस्य रामहरि खतिवडाले समेत डा. कोइरालाको भूमिका पार्टी महाधिवेशनदेखि नै समन्वयात्मक रहेको भन्दै उनलाई बरिष्ठ नेता बनाउनु पर्ने धारणा राखेका थिए। नेता कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी भएर देउवासँग पराजित भएका थिए।

यसअघि पार्टीको महाधिवेशनमा सभापतिमा प्रत्यासी भएर पराजित भएका नेताहरुलाई बरिष्ठ नेतामा मनोनयन गर्ने प्रचलन छ।

तत्कालिन सभापति शुसील कोइरालासँग १२औं महाधिवेशनमा सभापतिमा पराजित भएका शेरबहादुर देउवालाई बरिष्ठ नेता बनाइएको थियो भने १३औं महाधिवेशनमा सभापतिमा पराजित भएका रामचन्द्र पौडेललाई बरिष्ठ नेतामा चयन गरिएको थियो ।

यसअघि बुधबार कांग्रेसकी केन्द्रीय सदस्य गोमा देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन्। भने श्रेष्ठ स्वयम्ले आफू पार्टीको सबैभन्दा सिनियर नेता भएकाले बरिष्ठ नेतामा मनोनित गर्न सभापति देउवासँग माग गरेका थिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ४, २२: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ४, २२: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ४, २२: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...