श्रमिक र किसानका समस्यालाई संवोधन गर्ने गरी निर्णय गर्नुपर्छः सिटौला – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

श्रमिक र किसानका समस्यालाई संवोधन गर्ने गरी निर्णय गर्नुपर्छः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले श्रमिक र किसानका समस्यालाई संवोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै सिटौलाले श्रमिको ज्यालाको पुनरावलोकन गरी बृद्धि गर्नु पर्ने, किसानलाई तत्काल मल उपलब्ध गराउनु पर्ने र स्वास्थ्य सेवा सर्वसुलभ बनाउनु पर्ने माग गरेका हुन्।

‘अहिले मल विदेशबाट मगाइएको छ, तर नाकामा अड्किएको छ। त्यसैले समयमै मल किसानलाई उपलब्ध गराउन सरकारसँग माग गर्नु पर्छ’ बैठकमा सिटौलाले भने, ‘श्रमिकको ज्याला पुनरावलोकन गर्नु पर्छ। श्रमिकको ज्याला बढाउनु पर्छ । श्रमिकलाई केही न केही संवोधन गर्ने गरी कार्यक्रम ल्याउनु पर्छ।’

उनले बैंकले किसानलाई गर्ने लगानीको व्याजदर चर्को रहेको भनदै त्यसलाई सुधार गर्न र किसानलाई परेको ऋण भार राज्यले बेहोर्नु पर्ने माग गरे।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत विकास गर्न संविधान बमोजिमका धेरै कानून बनाउन वाँकी छ। ति कानून बनाउन लाग्नु पर्छ’ उनले भने, ‘संविधानमा स्वास्थ्य र शिक्षा मौलिक अधिकार भने पनि त्यो कार्यान्वयन भएको छैन। संघीय, प्रदेश सरकार र स्थानीय तहमा कांग्रेस रहेकाले जनतालाई केही राहत वा सुविधा दिने गरी निर्णय गरिनु पर्छ।’

उनले प्रदेश कार्यसमितिबाट सुझाव र सल्लाह गरेर पार्टी पदाधिकारीहरुले प्रस्ताव ल्याउनु पर्ने भन्दै वाढी पहिरोको समस्यालाई समाधान कसरी गर्ने भन्ने विषयमा पार्टीले सरकारलाई केही सुझाव दिनु पर्ने बताए।
ं

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ८, १९: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ८, १९: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ८, १९: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...