
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समातिएको करिव एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन भनी प्रश्न गरेका छन्।
कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग भने ‘सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन प्रष्ट पार्नुपर्छ।’
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन? सेक्युरिटी गर्ने काम उहाँको हो की होइन? यहाँ के आउने के जाने ती चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ। गृहमन्त्री काँक्राको बियाँ अर्काको मुखैका छेउमा गालामा लगेर टाँस्दै बस्छन्।’
ओलीले गृहमन्त्री श्रेष्ठको क्रियाकलाप अनैतिक र गैरजिम्मेवार भएको भन्दै सुन तस्करी प्रकरणमा उनको संलग्नता छ वा छैन?भनी प्रश्न गरे। उनले सानोतिनो संलग्नताबाट यस्तो काम सम्भव छैन भन्दै सो प्रकरणमा गृहमन्त्री श्रेष्ठको संलग्नता नभए कसको हो भनेर देखाउन माग गरे।
उनले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु। गृहमन्त्रीको हैसियतले बोल्दा तरिका पु¥याउनु पर्छ। गैर जिम्मेवारको हद भयो । गृहमन्त्री भएर जथाभाबी बोल्ने? जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने?’
सुन तस्करी प्रकरणमा आफूलाई पनि जोडेर केही सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढङ्गले छाप्यो। चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त?
कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागिसाउन २ गते त्यसतर्फ गएका ओली सोमबार राति काठमाडौँ आइपुगेका हुन्। कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ। सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...