काठमाडौं– अनुचित लेनदेन (मिटरव्याज)मा संलग्न हुनेलाई कारबाही गर्ने उदेश्यले सरकारले ल्याएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ।
राष्ट्रिय सभाको विहीबार बसेको बैठकमा प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको सो विधेयक पारित भएको हो।
चक्रवर्ती व्याज लिएर गाउँघरका सोझा साझा नेपालीलाई झुक्याएर आर्थिक शोषण भएको भन्दा पीडितहरु विगत ६ महिनाअघिदेखि राजधानी केन्द्रीत आन्दोलन गरेपछि सरकारले गत बैशाख २० गते मुलुकी संहितासम्वन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेको थियो।
सरकारले ल्याएको अध्यादेश कार्यान्वयनमा आएसँग विभिन्न जिल्लामा सरकारले मिटरव्याज पीडितको गुनासो सुनुवाई गर्न थालिसकेको थियो । तर अध्यादेश जारी भएको २ महिनाभित्र नै सो अध्यादेश संघीय संसदको दुबै सदनबाट पारित नभएपछि निष्कृय भएको थियो।
अध्यादेश असार २० गतेभित्र पारित नभई निष्कृय भएपछि सरकारले त्यसमा केही संशोधन गरी पुन प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश गरेको हो।
प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा विधेयक प्रस्तुत गरेका थिए। त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो।
विधेयक पारित भएसँगै प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पेश गर्ने छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सो विधेयक पूर्ण कार्यान्वयनमा आउने छ।
राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...