
काठमाडौं। पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट करिव तीन अर्ब अर्थात दुई अर्ब ९८ करोड ५३ लाख ३० हजार रुपैयाँको मदिरा आयात गरेको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा नेपालले उक्त रकम बराबरको विभिन्न मदिरा आयात गरेको हो।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म ३३ लाख ५६ हजार १४८ लिटर विभिन्न प्रकारका मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ।
पछिल्लो एक आर्थिक वर्षमा दुई अर्ब ८४ लाख सात हजार रुपैयाँको ह्विस्की, २४ करोड ९१ लाख १५ हजार रुपैयाँको वाइन, १७ लाख ८६ हजार रुपैयाँको रम, दुई करोड २३ लाख ६ हजार रुपैयाँको जिन र चार करोड ४२ लाख ८१ हजार रुपैयाँका भोड्का आयात भएको विभागले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा नेपालले तीन अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा आयात गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...