राष्ट्रसंघका महासचिव गट्रेसलाई प्रधानमन्त्री दाहालले दिए नेपाल भ्रमणको निम्तो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राष्ट्रसंघका महासचिव गट्रेसलाई प्रधानमन्त्री दाहालले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

इटालीको पाँच दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल भ्रमणका लागि आफूले दिएको निम्तो महासचिव गट्रेसले सहर्ष स्वीकार गरेको बताएका हुन्।

गट्रेससँग विश्व शान्ति स्थापनामा नेपालले पु¥याएको योगदानको बारेमा गहन छलफल भएको उनले बताए।

‘औपचारिक कार्यक्रमको अतिरिक्त सम्मेलनमा साइडलाइन भेटवार्ता र संवादहरू भए, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेस भएको भेटघाट तथा छलफलमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्ति स्थापनामा नेपालले पु¥याएको योगदान,बहुपक्षीय विषय र जलवायु परिवर्तनले पारेको प्रभावसहित गरिबी निवारण तथा खाद्य सुरक्षा जस्ता विषयमा छलफल भयो’, दाहालले भने।

सो अवसरमा दाहालले दिएको निम्तो स्वीकार गर्दै महासचिव गट्रेसले नेपाल प्रति चासोका साथ जानकारी राख्ने शुभचिन्तक रहेको बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १२, १३: ०१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १२, १३: ०१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १२, १३: ०१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...