मिटरव्याजीलाई कारबाही गर्न संसदबाट पास भएको बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मिटरव्याजीलाई कारबाही गर्न संसदबाट पास भएको बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं। मिटरव्याजीलाई कारबाही गर्ने उदेश्यले संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट पारित भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई शुक्रबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेसँगै सो विधेयक राजपत्रमा प्रकाशित गर्नु पर्छ। त्यसपछि सो विधेयकले कानूनी रुप लिन्छ, जसको कार्यान्वयन भएमा मिटरव्याजीहरुलाई सरकारले कानून बमोजिम दण्ड, जरिवाना र सजाय तोक्न सक्छ।

विधेयकमा कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १२, १६: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १२, १६: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १२, १६: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...