
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीका प्रदेशदेखि वडा तहसम्मका पार्टी समितिलाई आफ्नै व्यवस्थापन र नियमनमा आधिकारिक फेसबुक पेज खोल्न आग्रह गरेको छ।
विभाग प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको जस्तै फेसवुवक पेज खोल्न पार्टीका सबै तहलाई आग्रह गर्ने निर्णय गरेको हो।
बैठकले विभागको निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गरेको छ। विभागले पार्टी केन्द्रीय कार्यलयको समन्वयमा पुस्तकालय व्यवस्थापनसहित संचालनका गर्ने निर्णय समेत गरेको छ।
विभाग प्रमुख विश्वकर्माका अनुसार विभागका प्रमुख र सदस्यहरु बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगी कार्यक्रम गर्ने र त्यसको मिति र स्थान प्रमुखले तोक्ने निर्णय गरेको छ।
‘लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय गरियो’, बैठकपछि विभाग प्रमुख विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...