
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालामाथि पार्टीले गरेको कारबाही फुकुवा गरिएको छ।
गत मंसिरमा भएको प्रतिनिधिको निर्वाचनमा चितवनको क्षेत्र नम्वर–३ मा पार्टीको निर्देशन विपरीत कांग्रेसले समर्थन गरेको उम्मेदवारको बिरुद्धमा उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका थिए।
कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवार बन्दा कोइरालाले विद्रोह गरी आफैले उम्मेदवारी दिएका थिए।
स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो। तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए। चुनावताका कोइराला एमाले प्रवेश गर्ने हल्ला पनि गरिएको थियो।
वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन–२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खुलेर लागेका थिए। सोही क्रममा उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए।
अनुशासन समितिले त्यसपछि कोइरालाको कारबाही फुकुवा गरेको हो। कोइरालाका साथै चितवन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए।
उनले भने, ‘केन्द्रीय सदस्य दिनेश कोइरालासहित तीन जनाको कारबाही फुकुवा भइसकेको छ। मेरो प्रतिवेदनमा उहाँको नाम थियो। बैठकले अनुमोदन गरिसकेपछि कारबाही फुकुवा भइसक्यो।’
बैठकमा खुला रुपमा भन्न नचाहेको भन्दै लिखित रुपमा कोइरालाको कारबाही फुकुवा भएको ढुंगानाले बताए। ‘अब दिनेश कोइराला पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किनु भयो। असोज २ गते बस्ने केन्द्रीय समिति बैठकमा उहाँ सहभागी हुन पाउनुहुन्छ,’ उनले भने।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...