
काठमाडौं। मित्रराष्ट्र भारतको अनुदान सहयोगमा तीन विद्यालय निर्माण र एक वटा खानेपानी आयोजना निर्माण गर्ने सम्वन्धमा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालय र सोही जिल्लाको व्यास गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण भारत सरकारले गरिने दिएको छ।
दूतावासका अनुसार संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन भारत सरकारको सहयोगमा हुने भएको हो।
गलैनाथ मावि, हिमालय मावि, दिदिङ प्रावि र खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयनका लागि क्रमश शैल्यशिखर नगरपालिका, व्यास गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्ने भएका छन्।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
तीन विद्यालय भवन र एक खानेपानी आयोजना निर्माणको अनुमानित लागत १७ करोड रुपैयाँ रहेको दुतावासले जनाएको छ।
यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछन्।
२००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ।
यस मध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन्। सबै परियोजनाको कूल लागत करिब १२२० करोड रहेको छ। यी परियोजनाहरु धेरै जसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...