महिला संघ अध्यक्ष उषा मिश्रलाई बर्खास्त गर्न संघका सदस्यहरुको माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

महिला संघ अध्यक्ष उषा मिश्रलाई बर्खास्त गर्न संघका सदस्यहरुको माग

 

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका केन्द्रीय सदस्यहरुले संगठनको हित र विधानविपरित काम गरिरहेकी संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरेका छन्।

संघको केन्द्रीय समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संघकी वर्तमान अध्यक्षले विधान विपरित जिल्ला अधिवेशनबाट निर्वाचित १२ जना अध्यक्षलाई हटाएको भन्दै विरोध जनाएको हो।

संघकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रीता शाहीले संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन।

‘पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ’, उनले भनिन्।

महिला संघकी अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुकी अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्सा अध्यक्ष विद्या श्रेष्ठ, सिरहा अध्यक्ष विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, ईलाम अध्यक्ष निर्मला सन्जेल, महोत्तरी अध्यक्ष वीना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरि, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा अध्यक्ष सुशीला ढकाल र हुम्ला अध्यक्ष विजया बुढालाई हटाएकी छन्।

विधानविपरित हटाइएका जिल्ला अध्यक्षलाई पुर्नबहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने पत्रकार सम्मेलनमा जनाइयो। केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले सभापतिले गतिविधि अगाडि बढाएको बताइन्।

महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग समेत गरेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २२, १६: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २२, १६: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २२, १६: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...