
काठमाडौं। राष्ट्रिय गौरबको हुलाकी राजमार्गअन्तर्गत बन्यजन्तु आरक्षण तथा राष्ट्रिय निकुञ्ज रहेका कारण चितवन र नवलपरासी क्षेत्रमा निर्माण हुन नसकेको हुलाकी राजमार्ग निर्माण कार्य अघि बढ्ने भएको छ।
पर्षा वन्यजन्तु आरक्षण र चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र भएका कारण हुलाकी राजमार्गको एक सय ७७ किमीको चितवन–नवलपरासी खण्डमा सडक निर्माण गर्न सरकारले अध्ययन अघि सार्ने निर्णय गरेको हो।
हालसम्म हुलाकी राजमार्गको निकुञ्ज र आरक्षवाहेकको क्षेत्रमा सडक निर्माण कार्य कतै सम्पन्न भएको छ भने कतै निर्माण भइरहेको छ। अहिले वन क्षेत्रमा पनि सडक निर्माण गर्न खोजिएको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख शुभराज न्यौपानेले बताए।
निर्देशनालयका प्रमुख न्यौपानेका अनुसार विगतमा हुलाकी राजमार्गका कतिपय खण्ड निर्माण गर्न नसकिएमा पूर्व–पश्चिम राजमार्ग नै प्रयोग गर्ने गरी छलफल भए पनि त्यो हुलाकी राजमार्गको विकल्प नहुने बताए।
निर्देशनालयले अहिले चितवनलाई पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्न लागेको बताएको छ। चितवन र नवलपरासी पहिलो र दोस्रो प्राथमिकतामा बाँके र दाङको वन क्षेत्रलाई राखिएको निर्देशनालयले जनाएको छ।
हुलाकी राजमार्गको बाँकी खण्डका लागि वनसँग समन्वय गर्दा चितवान–नवलपरासी खण्डको वातावरणीय अध्ययन गर्न सहमति दिएको छ। यो खण्डमा विस्तृत अध्ययन प्रतिवेदनका लागि फाइल वन मन्त्रालयमा पठाउन लागिएको छ।
अहिले त्यो फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएको र मन्त्रालयमा छलफल गरेर सहमतिका लागि वन मन्त्रालयमा पेस गर्ने उनले जानकारी दिए।
उनले भने, ‘वन मन्त्रालयबाट सहमति भएपछि यो वर्ष ‘डिपिआ’’ र ‘इआइए’ गरी अर्को वर्ष निर्माणमा जान सकिएला ।’
अहिले त्रिवेणीदेखि ठोरीसम्मको खण्डमा अध्ययन गर्न वन मन्त्रालयले सहमति पनि दिइसकेकाले अघि बढाउन लागिएको हो। लुम्बिनी प्रदेशको बाँके, दाङ, र कपिलबस्तुमा पनि वन क्षेत्रका कारण सडक निर्माण हुन सकेको छैन।
‘चितवानमा अहिले वनले अध्ययनका लागि सहमति दिइएको छ । विस्तृत अध्ययन गर्दा जनावरलाई आवतजावतमा असर नपर्ने गरी सडक निर्माण गरिने आयोजनाको तयारी छ’, उनले भने, ‘केही न केही गर्नुपर्छ भन्नेमा हामी प्रष्ट भए पनि कहाँ कहाँ र कसरी गर्ने कति ठाउँमा बनाउने भनी विस्तृत अध्ययन भएपछि नै थाहा हुनेछ’, उनले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...