सत्तापक्षका सांसदले बोल्ने थलो रत्नपार्क हो?– विश्वप्रकाशको प्रश्न विपक्षीलाई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सत्तापक्षका सांसदले बोल्ने थलो रत्नपार्क हो?– विश्वप्रकाशको प्रश्न विपक्षीलाई

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले संसद विपक्षी दलको मात्र नभएर सत्तारुढ दलका सांसदहरुको पनि छलफल गर्ने थलो भएको बताएका छन्।

साउन १० गतेदेखि अवरुद्ध भएको संघीय संसदका दुबै सदन सुचारु भएको पहिलो दिन मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएकोमा आपत्ति जनाए।

‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ। उहाँहरुले गरेको प्रश्नको सरकारका मन्त्रीले जवाफ दिनुपर्छ, तर, सत्तापक्ष सांसदको बोल्ने थलो के रत्नपार्क हो?’, उनले प्रश्न गरे।

संसद अवरुद्ध गर्दा सुनकाण्ड, भुटानी शरणार्थी, ललिता निवास प्रकरण, चिया श्रमिकले गरेको आन्दोलन, लम्पीस्किन रोगको प्रकोप, सुख्खाग्रस्त क्षेत्र, डेंगु प्रकरण जस्ता विषयमा विपक्षी दलहरुले सदन अबरुद्ध गर्दा सरकारको ध्यानाकर्षण गर्न नपाएको गुनासो गरे।

उनले सरकारका जिम्मेवार निकाय सिविआई (केन्द्रीय अनुसन्धान व्युरो)ले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन शुरु गरेकोले सहयोग गर्न र संविधान र कानून बमोजिम स्थापित निकायमाथि आशंका व्यक्त नगर्न आग्रह गरे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २३, १८: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २३, १८: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २३, १८: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...