
खाँदबारी। जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको शंकास्पद मृत्यु भएको घटनालाई लिएर प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई बुधबार नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
कारागारमा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार शंकास्पद मृत्यु भएको थियो।
बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो। दुवैजनालाई बुधबार विहान अचेत अवस्थामा भिटिएका थिए।
सो घटनापछि कैदीहरूले आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ। नियन्त्रणमा लिइएकालाई छुट्टै स्थानमा राखेको प्रहरीले जनाएका छ।
कारागार भित्र भित्र सुरक्षाको चुनौती हुनसक्ने भन्दै उनीहरुलाई छुट्टै स्थानमा राखिएको छ। उनीहरूको संलग्नता के–कति थियो भन्ने बारे प्रहरीले बताउन सकेको छैन।
स्रोतका अनुसार तीन दुई कैदी बुधबार बिहान २ बजे (राति) जेलबाट भाग्ने उद्देश्यले शौचालयको झ्यालको रड काटेर भाग्न लागेका आरोपमा प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारभित्र राखेको जनाइएको छ। तर उनीहरु त्यही रात बिहान दुबै जना अचेत अवस्था भेटिएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...