अल्पमतले सदनलाई बन्धक बनाउन पाईंदैनः सांसद देव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
राष्ट्रिय सभा बैठक आज पनि अबरुद्ध

अल्पमतले सदनलाई बन्धक बनाउन पाईंदैनः सांसद देव

काठमाडौं। नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले अल्पमतले सार्वभौम संघीय संसदलाई लगातारको अवरोधले बन्धक बनाउन खोजिएको छ।

राष्ट्रिय सभा बैठकको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए। जनताको आवाज राख्ने थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनले बताए।

‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न पाइन्छ। तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ। संसद पनि बहुमतले नै चल्छ। अल्पमतले बन्धक बनाउन पाइँदैन।’ उनले ‘संसद र सरकार बहुमतले नै चलाउँछ अल्प मतले होइन’ भने।

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए।

‘सीआईबीले नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण र सुन तस्करीका विषयमा अनुसन्धान गर्नु के गलत हो?’, सांसद देबले भने, ‘राज्यको एउटा जिम्मेवार निकायलाई अविश्वास गर्नु भनेको ‘दालमा केही काला छ’ भन्ने देखिएन र?’

उनले भने, ‘चोरको खुट्टा काट भन्दा खुट्टा ताने जस्तो भएन र?’ उनले भने, ‘हिँजो एमालेलाई साथ दिने रास्वपा र राप्रपाले किन साथ दिन छोड्यो, विचार गर्नु होला।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २६, १७: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २६, १७: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २६, १७: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...