
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
उनको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधिश डण्डपाणि शर्माको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।
बिहीबार काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासबाट पक्राउ परेका शर्मालाई शुक्रबार सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो।
न्यायाधीश शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आदेश दिएको हो। शर्माबाहेक यस प्रकरणमा पक्राउ परेका अन्य सात जना चिकित्सकहरूलाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ।
सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित, डा. पुनम थापा चौधरी, डा. मनित चौधरी र डा. श्रद्धा शिल्पकारलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेकाहरूलाई पक्राउ गर्न अपरेशन नै चलाएको छ जसका कारण यस कसुरमा अरू पनि पक्राउ पर्ने सम्भावना छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...