माओबादीका मन्त्री मोदी सरकारबाट फिर्ता, जनमतबाट अनिता साह मन्त्री बन्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओबादीका मन्त्री मोदी सरकारबाट फिर्ता, जनमतबाट अनिता साह मन्त्री बन्ने

 

काठमाडौं। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेका पार्टी नेता तथा मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मन्त्रीको जिम्मेवारीमा रहेका मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने बताइए पनि चितवनबाट फर्कन ढिलो भएकाले भोलि मात्रै सपथ हुने भएको छ।

स्थानीय तहमा कर्मचारी पठाउँदा अनियमितता गरेको आरोप उनीमाथि लागेपछि प्रधानमन्त्री दाहाल उनलाई मन्त्रीबाट फिर्ता बोलाउन चाहन्थे। मोदी माओबादीबाट सरकारमा सहभागी भएदेखि नै उनका बिरुद्ध पार्टी उपमहासचिव जनार्दन शर्मा लागेको बताइन्छ।

मोदीले आफूले तीन महिनाअघि नै प्रधानमन्त्रीलाई राजिनामा बुझाएको दाबी गरेका छन्। मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै प्रधानमन्त्री दाहालले उनको सट्टामा जनमत पार्टीका सांसदलाई मन्त्री बनाउने भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र कृषिमध्ये एक मन्त्रालय दाबी गर्दै आएको जनमत पार्टीले सरकारमा पठाएका अब्दुल खानले गत पुस महिनादेखि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

जनमतले मागेको मन्त्रालय नपाएपछि उसले मन्त्री खानलाई सरकारबाट फिर्ता बोलाएको थियो। खान गत चैत १७ गते मन्त्रीबाट फिर्ता आएका थिए।

जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको छ। डा. सीके राउत नेतृत्वबाट सरकारमा सहभागी हुन पार्टी उपाध्यक्ष अब्दुल खानले इच्छा देखाएका थिए। तर डा. राउतले अनितादेवीलाई नै सरकारमा पठाएका छन्।

मन्त्रीमा सिफारिस साह विवादस्पद छविका तत्कालिन मधेशी जनाधिकार फोरमका सभासद् सञ्जय साह ‘टक्ला’की बहिनी हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २८, १९: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २८, १९: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २८, १९: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...