ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुनको तौल करिव ६० केजी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुनको तौल करिव ६० केजी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएपछि राजश्व अनुसन्धान विभागले जफत गरेको तस्करीको सुनको तौल ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हङकङबाट क्याथे एयरलाईन्समार्फत नेपाल भित्रिएको ब्रेक शुमा लुकाएर तस्करी गरिएको सुन राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास गरी वाहिरिने क्रममा गत साउन ३ गते मंगलबार एयरपोर्टको भन्सार गेटबाट बरामत गरेको थियो।

नेपाल राष्ट्र बैंकको थापाथलीस्थित टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार बरामत गरिएको सुन आज ब्रेक शुबाट छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो।

नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को रोहबरमा ब्रेक सुबाट निकालिएको सुन सोमबार पगालेर जोखिएको थियो।

राजश्व अनुसन्धान विभागले सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। अब त्यो सुनलाई राष्ट्र बैंक, विभाग र सीआईबीका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने भएको छ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो। सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २९, १९: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० श्रावण २९, १९: ४३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २९, १९: ४३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...