
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर महिनामा हुने निर्वाचनमा नेपाली कांग्रेस पक्षधरहरुले जापानका महेश श्रेष्ठलाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन्।
प्रजातान्त्रिक पक्षधरबाट अध्यक्षमा दाबी गर्ने संयुक्त राज्य अमेरिका निवासी डा. केशव पौडेलले जापानका श्रेष्ठलाई समर्थन गर्दै आफू उपाध्यक्षमा बस्न तयार भएसँगै श्रेष्ठ अध्यक्षका बलियो दाबेदारको रुपमा अघि बढेका हुन्। अन्य सबै पद मिलाउने जिम्मा पनि पौडेलले पाएका छन्।
अध्यक्षमा महेश जिलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क–कसलाई पठाउने भन्ने सबै जिम्मा केशव जिलाई दिनेगरी सहमति भएको छ,’ बैठकमा सहभागी एकजनाले भने। महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई उठाउने निर्णय भएको छ।
यसअघि श्रेष्ठ र पौडेल दुवै जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए। पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन दुवै जना नेपाल आएका थिए। कांग्रेसी नेताहरूलाई भेटेर उनीहरूले छुट्टा–छुट्टै लविङ गरेका थिए।
अध्यक्षको दावी गरेका श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु देउवासँग भेटेर आफ्नो पक्षमा माहोल बनाइदिन अनुरोध गरेका थिए। भेटमा नेताहरूले कांग्रेसबाट एक मात्र उम्मेदवार हुनुपर्ने बताउँदै दुई जना मिलेर आउन आग्रह गरेका थिए। त्यसपछि दुबै आकांक्षीबीचको वार्ताबाट एक जना मात्र अध्यक्षको उम्मेदवार बन्न सहमत भएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...