
काठमाडौं। लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै कुनै स्थायी कार्यालयमा कार्यालयमा कार्यालय सहयोगीको रुपमा नियुक्त भई सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिएकाहरुले मात्र आवेदन दिन आव्हान गरेको हो।
आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने भन्दै आयोगले दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। आवेदन दिनेको हकमा उमेरको हदबन्दी नलाग्ने तथा छनोट गर्दा प्रयोगात्मक र मौखिक अन्तवार्ता परिक्षा लिइने छ।
सरकारी कार्यालयमा लामो समयसम्म सवारी चालकको स्थायी दरबन्दी नखुलेको र कार्यालय सहयोगी पदमा नियुक्त भई सवारी चालकको काम गरिरहेकाहरुलाई आयोगको यो आव्हानसँगै राहत मिल्ने भएको छ।
यस्तो छ सूचना –

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...