कांग्रेस सांसद शर्मा भन्छन् – संकटमा साथ दिएकाले ओलीलाई भेट्न गएँ, केपी ओली जिन्दाबाद भनेँ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस सांसद शर्मा भन्छन् – संकटमा साथ दिएकाले ओलीलाई भेट्न गएँ, केपी ओली जिन्दाबाद भनेँ

बिराटनगर। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफू बाल्कोट गएको स्पष्टिकरण दिएका छन्।

नेपाली कांग्रेसले मोरङको पथरीमा आयोजना गरेको एक कार्यक्रममा सांसद शर्माले ओलीलाई भेट्न जानुको कारण बारे कार्यकर्तासमक्ष प्रश्न गरे,‘तपाईँलाई बुबाले मार्न घाँटी न्याकेर पोखरीमा डुवाए, तर सँधै झगडा गरिरहने छिमेकी आएर बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्र्नलाई?’

सांसद शर्माले सुन तस्करी गरेर राज्यको करोडौं, अर्बाैं राजश्व छली भइरहेकाले त्यसविरुद्धमा बोल्दा आफूलाई षड्यन्त्रपूर्वक हिरासतमा पुर्याइएको दाबी गरे।

आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेकोमा दुःख व्यक्त गर्दै उनले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्राउको विरोधमा बोलेर आफूलाई सङ्कटमा साथ दिएको बताए।

सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ।’

आफूलाई गिरफ्तार गराउँन कांग्रेस भित्रकै कतिपय जिम्मेवार व्यक्ति लागिपरेको उनले आशंका व्यक्त गरे। बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई फसाउने योजना रचेर पक्राउ गराएको उनले सुनाए।

गलत काम भइरहदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले गलत कामको सँधै विरोध गरेर जनताको पक्षमा बोलिरहने बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ३१, १६: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ३१, १६: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ३१, १६: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...