
ललितपुर। वीमा रकम असुल्ने उद्देश्यले आफ्नै टिप्परमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले बीमा आफ्नै टिपरमा आगजनी गरेको आरोपमा रामेछाप घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री र रामेछाप घर भई टीकाथली बस्ने ३३ वर्षीय भिमसेन खत्रीलाई पक्राउ गरेको हो।
प्रदीपकुमार खत्रीले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता १३ दाख रुपैयाँ तिर्ने गरी १३ महिनाअघि खरिद गरेको र भाई भिमसेन खत्रीले उक्त टिपर चलाउँदै आएकोमा टिप्पर विग्रिएपछि उनीहरुले आगजनी गरेका थिए।
गत वैशाखमा गोदावरी नगरपालिका–१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको सो टिप्पर मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बीमा रकम प्राप्त गर्ने योजना बनाएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। योजनाअनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएको थियो।
त्यही दिन महानगरिय प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए। उनले निवेदन दिँदा बीमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए।
प्रहरीलाई शंका लागेपछि अनुसन्धान अघि बढाउँदा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो। उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...