
संखुवासभा। जिल्लास्थित जिल्ला कारागार संखुवासभाभित्र दुई कैदी आकाश बलामी र विनोद तोलांगीको हत्या कारागारका कैदी बन्दी, चौकीदार र प्रहरीसहितको संलग्नतामा भएको खुलेको छ।
गत साउन २४ गते भएको कारागारमा दुई कैदीको हत्या प्रकरण छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरीको समेत संलग्नता भएको पुष्टि गरेको हो।
छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको अनुसन्धान टोलीले सो घटनाको छानबिन गरेको थियो। सो टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो।
कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको जनाउँदै पाण्डेले कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात जना कैदीकोसमेत प्रत्यक्ष संलग्न रहेको बताए।
अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले शुक्रबार सो घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको छ। घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीको समेत संलग्नता देखिएको छ।
मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो।
चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ। प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन।
घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ छन्।
सो घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि सङ्खुवासभा आएको थियो। पच्चिस जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन्।
विभिन्न मानवअधिकारवादी संस्थाले समेत संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन्। भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको थियो।
गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...