
काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुलमा सँगै अर्को पुल निर्माण गरिने भएको छ। ३० देखि ४० वर्ष पुराना र साँघुरा पुल भएकाले नयाँ बनाउने र थप्ने योजना सरकारले बनाइएको हो।
पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउन र परानो भएको ठाउँमा नयाँ बनाउनु पर्ने आवश्यक भएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। आयोजना अन्तर्गत २५÷३० देखि कतिपय ठाउँमा ४० वर्ष पुराना पुल रहेकाले ती ठाउँमा नयाँ पुल बनाउनुपर्ने आयोजना प्रमुख चुडाराज ढकालले बताए।
पुलहरुलाई नौ मिटर चौडाइमा विस्तार गरिने ढकालले बताए। सात मिटर गाडी गुड्ने र त्यससँगै दुई मिटर फुटपाथका लागि गरी नौ मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो। सडकको विस्तार भएकाले सडक जत्तिकै चौडाइमा पुल बनाउने निर्देशनालयले योजना बनाएको हो। पुराना पुल साँगुरा भएका छन्।
पुराना सडक रहेको स्थानमा पुल बनाउनुपर्ने बढी आवश्यकता रहेको जनाउँदै उनले भने, ‘नेपालगञ्ज–गुलरिया खण्डमा पाँच जति पुलमा यो अवस्था रहेको छ।’
हुलाकी राजमार्ग आयोजनाले आव २०६५÷६६ मा निर्माण सुरु गरेर आव २०७४÷७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो। पछि त्यसलाई संशोधन गरेर आव २०७९÷८० पु¥याइएको थियो । अहिले पुनःआव २०८३÷८४ मा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ।
राणाकालमा चिठ्ठी आदानप्रदानका लागि हुलाकी (हल्कारा)ले प्रयोग गर्ने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो।
उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो। पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल नेपाल सरकारले बनाउने सम्झौता भएको थियो।
आयोजनाको डिजाइनमा जम्मा दुई सय ५० पुल रहेकामा हालसम्म एक सय ३२ पुलको निर्माण सम्पन्न भएको छ। गत आवमा जम्मा ११ पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...