
काठमाडौं। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन्। यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ।
दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन्। मानव स्रोत विभागमा टेकबहादुर राईको प्रशासन विभागमा सरुवा भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन र अनुसन्धान तहकिकात गर्न चुनौतिपूर्ण कार्य गरेका काठमाडौं उपत्यका प्रहरी प्रमुख ज्ञावलीलाई सरुवा गरिएपछि त्यो प्रकरण पनि सेलाउने भएको छ।
काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ। अपराध महाशाखाका प्रमुख एसएसपी डा. मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो पटक केशव दुलाललाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धानलाई व्यापकता दिएको थियो।
त्यस्तै काठमाडौं परिषरका प्रमुख एसएसपी दानबहादुर कार्कीले निवर्तमान गृहमन्त्री वालकृष्ण खाँणदेखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी र बहालवाला सचिव टेकनारायण पाण्डेलाई समेत गिरफ्तार गर्न हिम्मत गरेका थिए।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी गरेका छन्।
एसएसपी डा. मनोज केसी
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...