
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै टुंगोमा पु¥याउने कुरामा सरकार विश्वस्त रहेको बताएका छन्।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सीआईबीले नै सो तस्करी प्रकरण निष्कर्षमा पु¥याउने बताए।
उनले यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के –कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् भनेर सीआईबीलाई नै जिम्मेवारी दिने बताए ।
गृहमन्त्री श्रेष्ठले विमानस्थल भन्सार बाहिरबाट समातिएको झन्डै ६१ किलो सुन सम्बन्धमा भइरहेको छानबिनलाई सीआईबीले नै निष्कर्षमा पु¥याउने बताए।
उनले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...