
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतासम्मिलित सर्वदलिय बैठक बोलाएका छन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार विहान साढे आठ बजे राष्ट्रपति भवन शितल निवासमा सर्बदलिय वैठक बोलाइएको हो।
एयरपोर्ट भन्सारबाट वाहिरिएको सुन राजश्व अनुसन्धान विभागले गत साउन ३ गते जफत गरेपछि उच्चस्तरिय छानबिन समितिको माग गर्दै साउन १० गतेदेखि एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अबरुद्ध गर्दै आएको छ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुबीच बारम्बार भएको छलफलले समेत निकास दिन नसकिरहेको अवस्थामा राष्ट्रपति पौडेलले मंगलबार बोलाएको सर्बदलिय बैठकबाट कुनै सहमतिको खोजी हुने विश्वास गरिएको छ।
गत फागुन २८ गते राष्ट्रपतिमा निर्वाचित भएपछि स्वास्थ्यमा केही समस्या देखिएपछि राष्ट्रपति पौडेलको सार्वजनिक कार्यक्रममा उपस्थिति न्युन भएको थियो।
आजै आइतबार अपरान्ह राष्ट्रपति पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले भेट गरेका छन् । लामिछानेले समसामयिक राजनीतिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...