सुधार गृहमा राखिएका बस्नेतको रहस्यमय मृत्युपछि १५० बालबालिका ढोका फोडेर भागे – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुधार गृहमा राखिएका बस्नेतको रहस्यमय मृत्युपछि १५० बालबालिका ढोका फोडेर भागे

भक्तपुर। मध्यपुर थिमीस्थित भक्तपुर बाल सुधार गृहमा राखिएका एक बयस्कको रहस्यमय ढंगले मृत्यु भएपछि त्यहाँ रहेका करिब एक सय ५० बालबालिका सुधार गृहको ढोका फोडेर भागेका छन्।

राज्यले १८ वर्ष मुनिका बालबालिकालाई कुनै अपराध गरेको कसुरमा मुद्धाको अन्तिम किनारा नलागेमा पुर्पक्षका लागि नियन्त्रणमा राख्दा वा अपराध प्रमाणीत भए जेलमा नराखी सुधार गृहमा राख्ने गरिन्छ। तर भक्तपुर बालसुधार गृहमा भने १८ वर्षमाथिका लागि समेत राख्ने गरिएको भेटिएको छ।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि सुधार गृहका नावालकहरु आन्दोलनमा उत्रिएका थिए।

उनीहरुले रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गर्न थालेपछि सुधारगृहमा रहेकाहरुले भित्रबाट ढोका फोडेर भागेका हुन्।

बस्नेतको मृत्युपछि दिनभर तनावग्रस्त भएको सुधारगृहको वातावरण सामान्य बनाउन भक्तपुर जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीले पर्याप्त गृहकार्य र ध्यान नदिँदा सुधार गृहमा रहेका बालबालिकाहरु प्रहरीलाई कुटपिट गर्दै भागेका थिए।

पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

१८ वर्ष मुनिका बालबालिका राखिने सुधार गृहमा दुई सय ५६ जना बालबालिका राखिएको थियो । सुधारगृहमा रहेका बालबालिकाको आक्रमणबाट सुरक्षामा खटिएका २० जना प्रहरीहरु घाईते भएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ५, १३: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ५, १३: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ५, १३: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...