
काठमाडौं। सरकारले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका भीआईपी र राजनीतिक विचौलियादेखि कर्मचारीलाई समेत नियन्त्रणमा लिने र मुद्धा चलाउने कार्यको नेतृत्व गरिरहेका नेपाल प्रहरीका दुई एसएसपी (प्रहरी वरिष्ठ उपरिक्षक)लाई सरुवा गरेको छ।
सत्तारुढ नेकपा माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्की र केसीसहित पाँच जना एसएसपीको सरुवाको निर्णय गरेका हुन्।
सरुवा गर्ने निर्णय अनुसार अब उपत्यका प्रहरी कार्यालय मातहतको काठमाडौं प्रहरी परिषरको प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई सरुवा गरिएको छ।
अपराधमा महाशाखामा रहेर भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकिय सचिव केशव दुलाल र सानु भण्डारीलाई प्रक्राउ गरी शरणार्थी ठगी प्रकरणमा संलग्न भीआईपीबिरुद्ध फायर खोल्न हिम्मत गरेका एसएसपी डा. मनोज कुमार केसीलाई महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा थन्क्याईएको छ।
यस्तै काठमाडौं प्रहरी प्रमुखमा रहेका दान बहादुर कार्कीलाई प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा गरिएको छ भने एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ।
एसएसपी कार्कीले नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाबलाई समेत प्रवाह नगरी राजनीतिक दलका नेता, नेताका पीए, र उच्चपदस्त कर्मचारीलाई हत्कडी लगाएर ठगी प्रकरणमा मुद्धा चलाउन भूमिका खेलेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...