
काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको केन्द्रीय तहमा रहेका नेताहरुलाई पार्टीको प्रदेश र विभागको जिम्मेवारी निर्धारण गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राज किशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ।
बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वर प्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई. देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समिति गठन समेत गरेको छ।
बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ। विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेको छन् ।
संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई छन्। सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईँ र योगराज वनेम रहेका छन्।
युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।
महिला विभाग प्रमुखमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।
केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने र सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं २ मा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासन लगायतका विषयमा भएका विवादहरूका सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरेको छ।
पार्टीले घटनाको सत्य तथ्यका आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी प्रतिवेदन पेस गर्न सांसद राजकिशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
सप्तरी क्षेत्र नम्वर २ मा गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँग पराजित भएका थिए। यादव गत वैशाख १० गते बारा क्षेत्र नम्वर २ मा भएको उपनिर्वाचनमा कांग्रेस र माओबादीको समर्थनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...