
काठमाडौं – नेपाली कांग्रेसकाका उपसभापति तथा नेपाली सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आज पार्टीबाट मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन्।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको छलफलमा कांग्रेसबाट सरकारमा मन्त्री भएका ८ जनाको सहभागिता थियो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नेतृत्व भएको छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्य सहभागी थिए।
अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् । एक मन्त्रीका अनुसार समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा छलफल केन्द्रित छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...