
बिराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका शिर्ष नेताहरु बालुवाटारमा बसेर संविधान बिरोधि निर्णय गर्नेे गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित दुलारीमा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रश्न गरे, ‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको?’
कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गरे पनि नेता कोइरालाले असहमति जनाउँदै अदालतले जे नगर्नु भन्यो शिर्षनेताहरु बसेर फेरि त्यही गर्ने र संविधान र अदालतमाथि यस्तो बल मिच्याईं कहिले सम्म चल्ने भनी प्रश्न गरे।
राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सदभाव समेत बिथोलिएको उनको गुनासो थियो। कार्यक्रममा २०१५ साल देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...