
काठमाडौं। भारतले चन्द्रयान–३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण गराएको छ। भारतले चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान –३ सफलतापूर्वक अवतरण गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन्।


सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै प्रचण्डले भने, ‘भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धी हासिर गरेको छ। संसारभरीका वैज्ञानिकका एवम् अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ।’
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै आईएसआरओ (इन्डियन स्पेस रिसर्च अर्गनाईजेसन)लाई चन्द्रयान –३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको ऐतिहासिक दिनमा बधाई ज्ञापन गरेका छन्।
चन्द्रमाको दक्षिणी भागमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्। चन्द्रमामा अमेरिका, रुस र चीनले मात्र आफ्ना यानहरु सफलतापूर्वक अवतरण गराएका छन्।
आइएसआरओले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट सो यान प्रक्षेपण गरेको थियो। ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पु¥याएको थियो।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो। आइएसआरओले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो।
चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो। आइएसआरओले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको थियो।
भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ। मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ। त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...
काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...
जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...