
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्ना प्रकरणको अनुसन्धान गर्न जरुरी नभएको बताएका छन्।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग ओलीले दिएको यस्तो अघिव्यक्तिले गम्भीर संशय उत्पन्न गरेको छ।
उनले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए।
उनको यो भनाईले भूमि सम्वन्धी ऐनको आठौं संशोधन आफू प्रधानमन्त्री भएको बेला जारी गरेर विर्तामोठ नगरपालिकाको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा सट्टाभर्ना गर्ने बाटो खुलाउने विषयमा प्रवेश नगरे हुन्छ भन्ने आसय लुकेको छ।
एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा विर्तामोठ नगरपालिकामा रहेको तीन सय ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न मिल्ने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो।
गिरिवन्धु टि स्टेट रहेको जग्गा बाटोले नछोएको प्रतिविघा प्रतिविघा न्युनतम आठ करोडदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको जमिन २०करोड रुपैयाँसम्म पर्छ किनबेच हुने गरेको छ।
यस्तो बहुमूल्य जग्गाको सट्टा भर्नाको नाममा ताप्लेजुङ वा पाँचथरको पहाडी भूभागमा जमिन लिने योजना गिरिबन्धु टि स्टेटको थियो। त्यसको वातावरण बनाउन कानुन संशोधन गरेर अर्बैं रुपैयाँको चलखेल गर्न लागेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ।
गिरिबन्धु टि स्टेकका संस्थापक पदमबहादुर गिरिका छोरा, भजिता नातीहरु छत्रबहादुर गिरी, हर्कलाल गिरी लगायतको नाममा विर्तामोठमा चियाबगान छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...