ट्रम्पद्वारा जेलमा आत्मसमर्पणः दुई लाख धरौटीमा रिहा – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

ट्रम्पद्वारा जेलमा आत्मसमर्पणः दुई लाख धरौटीमा रिहा

काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन्।

सन २०२०मा जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्वराष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन्।

उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो। यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए।

यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो। समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए।

पूर्वराष्ट्रपति ट्रम्पका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए। यसअघि ट्रम्पले सन् २०२० मा हुने निर्वाचनलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए।

सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ।

स्मरण रहोस, उनी २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवार बनेका छन्। तर, अदालतमा उनको उपस्थिति निकै छोटो हुने सम्भावना छ।

फुल्टन काउन्टी अभियोजन पक्ष ट्रम्प विरुद्धको चौथो आपराधिक मुद्दा हो, जब उनी अमेरिकी इतिहासमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका थिए।
प्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका छन्।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०८० भाद्र ८, १६: ३५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०८० भाद्र ८, १६: ३५

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०८० भाद्र ८, १६: ३५

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...