यी हुन संघीय संसदको समितिमा निर्विरोध निर्वाचित १० सभापतिहरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
रास्वपाका गणेशले फिर्ता लिएपछि जनमतका अब्दुल निर्वाचित

यी हुन संघीय संसदको समितिमा निर्विरोध निर्वाचित १० सभापतिहरु

काठमाडौं। संघीय संसदको अधिवेशन शुरु भएको करिव साढे सात महिनापछि प्रतिनिधि सभा मातहतका १० वटा संसदीय समितिले आजबाट सभापति पाएको छ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच भएको भागबण्डा अनुसार संघीय संसद्को संयुक्त र विषयगत समितिमा नेतृत्व सर्वसम्मत चयन भएको हो।

जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, एकीकृत समाजवादी, जसपा र राप्रपाले एक–एक समितिको नेतृत्व पाउने पक्का भएको छ।

प्रतिनिधिसभा मातहतका समितिमध्ये कांग्रेसको भागमा परेको अर्थ समितिमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा. आरजु राणा देउवा र राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा सर्वसम्मत निर्वाचित भएका छन्। चालिसे काठमाडौं क्षेत्र नम्वर ३, खतिवडा ओखलढुंगा १ बाट निर्वाचित हुन भने देउवा समानुपातिक सांसद हुन्।

कांग्रेसकै भागमा परेको संयुक्त समितिको रुपमा चिनिएको संसदीय सुनुवाई समितिको सभापतिमा पार्टी सहमहामन्त्री समेत रहेका जीवन परियारले उम्मेदवारी दिने भएका छन्। संसदीय सुनुवाई समितिको निर्वाचन भने हुन वाँकी छ। परियार समानुपातिक सांसद हुन्।

प्रमुख विपक्षी दल नेपका एमालेको भागमा परेको महिला तथा सामाजिक मामिला समितिमा किरण कुमार साह र सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल निर्वाचित भएका छन्। एमालेका साह प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवार भई पछि एमाले प्रवेश गरेका हुन् भने पोखरेल मोरङ क्षेत्र नम्वर २ वाट निर्वाचित सांसद हुन्।

माओबादीले आफ्नो भागमा परेको कानुन, न्याय तथा मानवअधिकार समितिको सभपातिमा विमला सुवेदीलाई उम्मेदवार बनाएकोमा सर्वसम्मतले निर्वाचित भइन्।

माओबादीले आफ्नो भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवारी दिने तयारी गरे पनि प्रदेश १ मा सत्तारुढ गठबन्धनको सरकारलाई समर्थन गर्ने सर्तमा आफ्नो उम्मेदवारी फिर्ता लिएर राप्रपाका दिपक बहादुर सिंहलाई समर्थन गरेका थिए।

नेकपा एकीकृत समाजबादीको भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा पूर्वउपसभामुख भानुभक्त जोली निर्विरोध निर्वाचित भएका छन्। जनता समाजबादी पार्टीले पूर्वमन्त्री राजकिशोर यादवलाई अघि सारेपछि उनी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा निर्विरोध निर्वाचित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिए पनि सोमबार फिर्ता गरी जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका अब्दुल खानलाई समर्थन गरेका थिए। खान पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिएका थिए।

रास्वपका उम्मेदवारले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी भएकाले आफूलाई सभापतिमा मत दिन आग्रह गरेका थिए।

एउटा समितिमा एक जना सदस्यको मात्र उम्मेदवारी परेपछि आज दिउँसो ३ जबे बसेको ९ वटै समितिका ज्येष्ठ सदस्यले एकल उम्मेदवारी दिने प्रतिनिधिसभा सदस्यलाई समिति सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

गत २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचन भएपछि पुस २५ गते संघीय संसदका दुबै सदनको बैठक प्रारम्भ भएको थियो । त्यसको साढे तीन महिनापछि गत वैशाख १५ गते सबै समितिमा रहने सदस्यहरु तोकिएको थियो। सोही बमोजिम समितिको पहिलो बैठक जेठ २ गते बसेको थियो।

संघीय संसदका समितिले पूर्णता पाएसँगै सभापतिको निर्वाचन भएपछि संसदीय गतिविधि अझ बढेर जाने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ११, १७: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ११, १७: ४१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ११, १७: ४१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...