भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीन स्थानीय तहका प्रमुख\अध्यक्ष निलम्वित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीन स्थानीय तहका प्रमुख\अध्यक्ष निलम्वित

काठमाडौं। मधेश प्रदेशको पूर्वी जिल्ला सप्तरीका तीन वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुमाथि भ्रष्टाचार अभियोग लागेपछि ती स्थानीय तहको नेतृत्व खाली भएको छ।

सप्तरी सदरमुकाम रहेको राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षत भ्रष्टाचारको अभियोग लागेपछि निलम्बित भएका हुन्।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई निलम्बन गरेको हो।

गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन्।
राजविराज नगरपालिकाका मेयर भीमराज यादव ठेक्का प्रकरणमा अनियमितता गरेकोमा र शम्भुनाथ नगरपालिका मेयर जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचार गरेको अभियोगमा गत फागुनदेखि नै निलम्बनमा छन्।

मेयर र अध्यक्ष नै निलम्बनमा परेपछि सम्बन्धित स्थानीय तहको कामकारबाही प्रभावित बनेको छ। ती स्थानीय तहमा अहिले नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षले कार्यवाहकको जिम्मेवारी पाएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १२, १३: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १२, १३: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १२, १३: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...