
सिरहा। कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं बर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘बिशेष स्तम्भ’ बनाउन भन्दै करिव एक विगाह जग्गा खरिद गरेको छ।
बुधबारदेखि सिरहाको धनगढीमा शुरु भएको केन्द्रिय सचिवालयको बैठक स्थलमा एमालेले ‘बिशेष स्तम्भ’ बनाउन लागेको हो।
धनगढी नगरपालिका–१४ सिरहामा तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले बिशेष स्तम्भ बनाउने निर्णय गर्न लागेको उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले बताए।
सिराहाको विष्णुपुर कट्टी– सर्रे अम्बासमा निर्माण हुने स्तम्भको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलन्यास गरेका छन्। यो स्थलमा एमालेको चौथों महाधिवेसन भएको थियो, जुन महाधिवेसनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो।
‘बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलवाट भएको थियो, त्यसैले यहाँ बिशेष स्तम्भ निमार्ण गर्न लागेका हौं’, उपमहासचिव भट्टराईले भने।
उनका अनुसार कम्युनिष्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, बाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलवाट भएकाले बिशेष रुपमा पार्टीले लिएको हो।
एमालेले जमिन किनेको ठाउँमा स्थानीय बिद्यालयको नाम मदन भण्डारी माबि नामाकरण गरिएको र भौगलिक बिकटता भएकाले त्यहाँ पुल निमार्णदेखि बाटो बनाउने काम पनि शुरु हुने भएको छ।
एमालेको चौथो महाधिवेशन २०४६ साल भदौं ९–१४ गतेसम्म संचालन भएको थियो। जहाँ ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेसनले २० सदस्सीय केन्द्रिय कमिटी गठन गरेर जनताको बहुदलिय जनबाद र जनआन्दोलन गर्ने निर्णय गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...