पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो, यी हुन घाईते ८ जना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो, यी हुन घाईते ८ जना

तानसेन। पाल्पाबाट बुटवलतर्फ गएको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने वालवालिकासहित ८ जना घाईते भएका छन्।

पाल्पाको जोर्ते भन्ने स्थानमा खसेको सुख्खा पहिरोले स्कर्पियोलाई पुरेपछि भएको दुर्घटनामा परी रेसुङ्गा नगरपालिकाकी ५० बर्षीया मनकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक हवल्दार बर्ष ३६ को यमबहादुर वोहरा र बर्ष ३२ को पोखरा १५ बस्ने सिद्धवावा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विनोद तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको थियो।

लु १ ज ४६०० नम्बरको स्कोरपियोलाई पहिरोसँगै आएको ढुंगाले थिच्दा ८ जना घाइते भएका छन्। प्रहरीका अनुसार उक्त घटनामा घाइते हुनेमा रेसुंगा नगरपालिका वडा नं. ८ खानीगाउँका सवारी चालक बालकृष्ण श्रेष्ठ, सोही ठाउँकी शोभा घर्ती मगर, सुष्मा राना, सुष्माकी छोरीहरु सुरबी र सुबिया राना, सोही ठाउँका टेकबहादुर जिएम, स्वीकृति थापा र उनको छोरा सुरेन थापा छन्।

घाइते सातै जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १३, १६: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १३, १६: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १३, १६: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...