समाजबादी मोर्चाको कार्यक्रममा विप्लवले भने, ‘प्रचण्ड बाहेक अरु आए देश युक्रेन बन्छ’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

समाजबादी मोर्चाको कार्यक्रममा विप्लवले भने, ‘प्रचण्ड बाहेक अरु आए देश युक्रेन बन्छ’

बीरेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको चरणमा देशको नेतृत्व प्रचण्ड बाहेकले गरे देश युक्रेन बन्ने चेतावनी दिएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सामु उनले भने ‘एमसीसीले जस्ता प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नु हुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो।’

सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भए पनि हस्तक्षेप स्वीकार्य नहुने उनले बताए। ‘आजसम्म कसैको सामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ । कुनै न कुनै रुपले क्रान्तिकारी शक्तिहरुको अभाव हुने बित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरुले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ। त्यसको विरुद्धमा पनि हामी लाग्छौं,’ विप्लवले भने।

नेपालमा कुनै समय सामन्तवादको चकचकी सहिन नसक्नु भएको भन्दै अहिले तिनीहरूलाई धुलो चटाएको दाबी गरे। ‘सामन्तवादको चकचकी नेपालमा सहिनसक्नु थियो। हामीले त्यसलाई धुलो चटाएका छौं। उनीहरुको चकचकी, रजाईं, हैकम, अहकांर सहिनसक्नु थियो। जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह हुँदै सबै क्रान्तिद्वारा हामीले पछारेका छौं,’ विप्लवले भने।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १४, १८: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १४, १८: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १४, १८: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...