
भरतपुर। चितवनको जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीलाई आफ्नै कार्यालयमा कार्यरत महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
आफ्नै कार्यालयमा कार्यरत महिला सहकर्मीलाई तीन वर्षदेखि यौनशोषण गरेको अभियोगमा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको हो। पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला अदालत चितवनले थुनामा राखी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ।
गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो। ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो। अस्पतालमा क्लिनिककै चिकित्सकले पु¥याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो।
नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...