
काठमाडौं। सेवाग्राहीसँग दुई लाख रुपैयाँ नगद र तीन लाख रुपैयाँको चेक घुस बापत लिएको अवस्थामा रंगेहात पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जनालाई विशेष अदालत काठमाडौंले रिहा गरेको छ।
सप्तरीको विष्णुपर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बिरेन्द्रकुमार यादव विशेष अदालतको आदेशमा मंगलबार रिहा भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो। अख्तियारकै नियन्त्रणमा रहेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद, लेखापाल टेकनारायण र एमआईएस अपरेटर वीरेन्द्रकुमार धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको हो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीमान्त पौडेल र सदस्य न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासले अध्यक्षलाई दुई लाख र लेखापाल तथा एमआईएस अपरेटरलाई जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत साउन ३१ गते लेखापाल र एमआईस अपरेटरलाई सोलार जडान सम्बन्धी योजनामा घुसबापत २ लाख नगद र ३ लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...