सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमणः साक्षात्कार कार्यक्रममा बसे, बाहिरिएपछि खुकुरी हाने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमणः साक्षात्कार कार्यक्रममा बसे, बाहिरिएपछि खुकुरी हाने

 

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो सांघातिक आक्रमण भएको छ।

रिपोर्टर्स क्लव नेपालले बुधबार भृकुटीमण्डपस्थित क्लवको सभाकक्षमा भएको साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किए लगत्तै उनीमाथि नुवाकोटका श्याम बहादुर सापकोटाले झोलाबाट खुकुरी निकालेर प्रहार गरेका थिए।

आक्रमण गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरेर प्रहरी बृत्त सिंहदरबामा लगेको छ। आक्रमणकारी सापकोटाले प्रहरीसँगको सोधपुछमा रिसको झोकमा आक्रमण गरेको बताएका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रिपोटर्स क्लबमा भएको साक्षात्कार कार्यक्रममा स्रोत भएर बसेका नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले झोलामा हालेको खुकुरी यादवको टाउकोमा पछाडिबाट प्रहार गरेका थिए।

कार्यक्रममा भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेका सापकोटाले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ।

खतरामुक्त अवस्थामा रहेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

आक्रमणपछि सापकोटाले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए। नेपाली जनता ठूलो ऋणमा डुबेको भन्दै नेताहरुप्रति उनले आक्रोश पोखेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र २०, १६: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र २०, १६: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र २०, १६: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...