हिक्मत कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हिक्मत कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

सर्वोच्च अदालतले विहीबार परमादेश दिए बमोजिम प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताको हैसियतले कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै कार्कीलाई प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ खुवाएका छन्। पहिलो चरणमा मुख्यमन्त्री कार्कीले नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीलाई समेत नियुक्त गरेका छन्।

यसरी मन्त्री हुनेहरु नेकपा एमालेबाट तिलकुमार मेन्याङ्वोलाई उर्जा, पाँचकर्ण राईलाई वन र एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालयवको जिम्मेवारी दिइएको छ।
यस्तै सृजना राईलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको छ। तीन मन्त्रीलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

सपथ ग्रहण कार्यक्रममा कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापाको समेत उपस्थिति थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र २२, १९: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र २२, १९: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र २२, १९: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...