बामदेवलाई उपाध्यक्ष अफर – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

बामदेवलाई उपाध्यक्ष अफर

काठमाडौं । नेपालको राजनीतिमा खेलाडी भनेर चिनिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम उपाध्यक्ष बन्ने खेलमा सफलता पाउने भएका छन् ।

नेकपाको चालु स्थायी समिति बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेसँगै नेकपामा शक्तिशाली नेताको रुपमा गौतम अगाडि भएका हुन् ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई खुसी पार्नकै लागि पार्टी विधान संशोधन गरेर उपाध्यक्ष बनाउने निर्णय गरेका हुन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकता गर्न प्रमुख भूमिका खेलका गौतम संघीय संसदको निर्वाचनमा वाँके १ वाट पराजित भएपछि पार्टीभित्र उपयुक्त स्थान खोजिरहेका थिए । अध्यक्ष ओलीसँग गौतमको पछिल्लो सम्बन्ध एकपछि अर्को गर्दै चिसिँदै आएको छ ।

संघीय निर्वाचनमा पराजित भएका गौतमले पार्टीमा उपयुक्त भूमिका नपाए विकास प्राधिकरण गठन गरी त्यसको कार्यकारी प्रमुख बन्ने चाहना राखेका थिए । तर, प्रधानमन्त्री ओली त्यसमा सहमत भएनन् ।

त्यसपछि प्रतिनिधिसभाको सदस्य बन्नको लागि पार्टी अध्यक्ष दाहालको प्रस्ताव बमोजिमा हौसिएका गौतमले डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाएर त्यसपछि रिक्त स्थानमा उम्मेदवार बनेर चुनाव जित्ने योजना बनाएका थिए । तर बुढालाई स्थानीय जनताले असहमति जनाएपछि राजिनामा दिन ठिक्क परेका बुढा निर्णयबाट पछि हटेका थिए ।

डोल्पाबाट सांसद जित्ने सपना पुरा नभएपछि गौतमले बाँकेका सांसद नन्दबहादुर रोकायलाई राजिनामा गराउने येजना बनाएका थिए । बाँकेबाट दैलेखको एक निर्वाचन क्षेत्र खाली गराउने योजना बनाएका गौतम आन्तरिक राजनीतिक खिचातानी र असहयोगका कारण त्यहाँ सफल हुन सकेनन् । त्यसपछि काठमाडौं ७ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामबीर मानन्धरलाई राजिनामा गराउन गौतम सफल भएका थिए ।

मानन्धरले राजिनामा दिन लागेको सार्वजनिक घोषणा समेत गरेका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वसँग सल्लाह नगरी राजिनामा दिन लागेको भन्दै मानन्धरलाई कारबाहीको चेतावनी दिए । त्यसपछि ओलीसँग निकै चिढिएका गौतमले पार्टीको नौं सदस्यीय सचिवालय कमिटिमा ओलीबिरिुद्ध मोर्चाबन्दी शुरु गरेका थिए ।

ओलीबिरुद्धको मोर्चाबन्दीमा गौतमले माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । वाँकी पाँच जना सचिवालय सदस्यमध्ये जसलाई ताने पनि गौतम सफल हुने देखेपछि ओली झस्किएका हुन् । त्यसपछि ओलीले गौतमलाई कमजोर बनाउन माधवकुमार नेपाल र झलनाथ खनालको मर्यादाक्रमको किचलो झिकेका थिए ।

ओलीले आफूलाई मजबुद बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका गृहमन्त्री रामबहादुरर थापा बादललाई समेत आफ्नो कोटरीमा राख्न सफल भएका थिए । पछिल्ला दिनमा आफूलाई संकट पर्दा प्रतिरोध गर्ने नेताको रुपमा गौतमलाई प्रयोग गर्न सजिलो होस भन्ने उदेश्यले प्रधानमन्त्री ओलीले तौतमलाई संगठन विभाग प्रमुख र जनवर्गिय संगठनको रुपमा बलियो मानिएको नेपाल किसान संघको समेत अध्यक्ष बनाई दिए ।

त्यसपछि ओलीसँग नजिकिएका गौतमलाई काश्की क्षेत्र नं २ मा संसदको उपनिर्वाचनमा उठ्न पनि सुझाव आएको थियो । तर उनले आफ्ना कुनै वेलाका विश्वास पात्र रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा उनकै श्रमति विद्यादेवी भट्टराईलाई उम्मेदवार बनाउनु पर्ने उदारता देखाएका थिए । पद र अवसर पाउँदा नेतृत्वको भक्तिगानव र गाथा गाउन पल्किएका गौतम यतिवेला उपयुक्त अवसरको खोजिमा मात्र होइन, मौका मिले नेतृत्व लिने सपना गाँसेर अघि बढेका छन् ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७६ पुष ८, ०९: ३०

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७६ पुष ८, ०९: ३०

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७६ पुष ८, ०९: ३०

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...